आईपीएल : कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ। 

जितका लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा २ सय १० रनमा समेटियो। कोलकाताका कप्तान श्रेयस ऐरले ५१ बलमा सर्वाधिक ८५ रन बनाए भने आरोन फिन्चले २८ बलमा ५८ रन जोडे।

राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ह्याटिकसहित ५ विकेट लिए। डेब्यू खेल खेलेका तीव्र गतिका बलर आवेद म्याकोयले २, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णले १–१ विकेट लिए।

त्यसअघि ब्रेबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो। राजस्थानका जस बटलरले ६१ बलमा १ सय ३ रन बनाए। जारी सिजनमा बटरलको यो दोस्रो शतक हो। बटलरले यसै सिजनमा मुम्बईविरुद्ध शतकीय इनिङ खेलेका थिए। 

कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए भने प्याट कमिन्स, शिवम माभी र आन्द्रे रसेलले १–१ विकेट लिए।

प्रतिक्रिया