चेल्सी एफए कपको फाइनलमा

काठमाडौं– चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ। लण्डनस्थित वेम्बली रंगशालामा आइतबार राति सम्पन्न खेलमा  क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गर्दै चेल्सी उपाधिनजिक पुगेको हो। 

चेल्सीको जितममा रुबिन लोफ्टस चिक र मेसन माउन्टले गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दुवै गोल दोस्रो हाफमा भएको थियो। 

खेलको ६५औं मिनेटमा रुबिनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको ११ मिनेटमै माउन्टले गोल गर्दै खेल २–० मा पुर्‍याए। बाँकी समय दुवै टोलीबाट गोल निस्किन सकेन। चेल्सीले अब उपाधिको लागि लिभरपुलसँग खेल्ने छ।  

चेल्सीले मिडल्सब्रोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो। शनिबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। एफए कपको फाइनल भने १४ मेमा हुनेछ।

प्रतिक्रिया