शीर्षस्थानमा रहेको एसी मिलानको सहज जित

काठमाडौं– इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले सहज जित हात पारेको छ। मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोली मिलानले जिनोआलाई २–० ले पराजित गरेको हो। मिलनको जितमा राफयल लियो र जुनियर मेसिएसले गोल गरे। 

खेलको ११औं मिनेटमा राफयल लियोले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए। उनले पिएर कालुलुको पासमा गोल गरे।

त्यसपछि परिवर्तित खेलाडी जुनियर मेसिएसले ८७औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे। जुनियर ६१औं मिनेटमा एलेक्सिस साइलमेकर्सको स्थानमा मैदान छिरेका थिए।

जितसँगै मिलानको ३३ खेलबाट ७१ अंक पुगेको छ। दोस्रो स्थानको इन्टर मिलानको ६९ अंक छ। पराजित जिनोआ ३३ खेलबाट २२ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ।

प्रतिक्रिया