आईपीएल : कोलकातामाथि हैदराबादको ७ विकेटको जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदराबादले जित हात पारेको छ। राहुल त्रिपाठी र एडेन माक्ररमको उत्कृष्ट ब्याटिङमा हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको हो।

जितसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हारसहित सातौं औं स्थानमा उक्लिएको छ। जितको लागि पछ्याएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।

हैदराबादलाई तेस्रो जित दिलाउन राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए भने एडेन माक्ररम ३६ बलमा ६८ रनमा अविजित रहे।  कोलकाताका आन्द्रे रसेलले २ तथा पाट कमिन्सले एक विकेट लिए ।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो। कोलकाताका नितिश रानाले ३६ बलमा सर्वाधिक ५४ रन बनाए। तल्लोक्रममा आन्द्रे रसेलले २५ बलमा अविजित ४९ रन जोडे।

हैदराबादका उमरन मलिकले २, टि नटराजनले ३ विकेट लिए भने मार्को ज्यानसन, भुवनेश्वर कुमार र जगदीश सुचिथको नाममा १–१ विकेट रह्यो।

कोलकाताले अब सोमबार राजस्थान रोयल्ससँग खेल्नेछ भने हैदराबादले आइतबार पन्जाब किंग्ससँग खेल्नेछ। 

आज (शनिबार) पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिल्ली र बैंग्लोर आमनेसामेन हुनेछन्।

प्रतिक्रिया