रियल र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं– रियल मड्रिड र भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बुधबार भएको खेलमा प्रिमियर लिग टोली चेल्सीसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा ३–२ ले पराजित भएपछि समग्रमा ५–४ को अग्रतामा रियल अन्तिम चारमा पुगेको हो। 

पहिलो लेगमा साविक विजेतासमेत रहेको चेल्सी ३-१ ले पराजित भएको थियो। मासन माउन्टको गोलबाट चेल्सीले १५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो।

५१औं मिनेटमा एन्टोनियो रुडिगरको हेडगोलमा चेल्सीले अग्रतालाई दोब्बर बनाएको थियो। टिमो वार्नरले ७५औं मिनेटमा गोल गर्दै चेल्सीले अन्तिम चारमा पुर्याउने सम्भावना बलियो बनाएका थिए।

तर, ८०औं मिनेटमा खेललाई रोड्रिगोले रियलका लागि गोल गरेपछि खेलले नाटकिय मोड लिएको थियो। 

थप समयको छैटौं मिनेटमा करिम बेन्जेमाले हेडरमार्फत् गोल गरे। भिनिसियस जुनियरले उपलब्ध गराएको क्रसमा उनले नजिकबाट हेड गोल गरेका थिए।

अर्को खेलमा स्पेनिस टोली भिल्लारियलले बायर्नलाई १–१ को बराबरीमा रोक्यो। योसँगै भिल्लारियल समग्रमा २–१ को अग्रतासहित सेमिफाइनल पुगेको छ। 

पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो। ५१औं मिनेटमा रोर्बेट लेवान्डोवेस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो। 

तर, सामु चुक्वेजेले खेल सकिन २ मिने बाँकी रहँदा बराबरी गोल गरेपछि भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित भएको थियो। 

प्रतिक्रिया