आईपीएल : लखनऊविरुद्ध राजस्थान रोयल्सको जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ।

मुम्बईमा आइतबार राति सम्पन्न खेलमा राजस्थानले लखनऊ सुपर जाइन्ट्सलाई ३ रनले हराएको हो।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रनम समेटियो।

लखनऊका क्विन्टन डी ककले ३९ रन बनाए  भने दिपक होडाले २५ रन जोडे। राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो।

राजस्थानका लागि शिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। देवदूत पडिकलले ३९ रन जोड्दा रिटायर्ड आउट भए रविचन्द्र आश्विनले २८ रन बनाए।लखनऊका जासन होल्डर र कृष्नपा गोथामले २/२ विकेट लिए।

यस जितसँगै राजस्थान शीर्ष स्थानमा क्लिएको छ।राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ।५ खेलबाट ६ अंक जोडेको लखनऊ पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया