तेवतियाको २ छक्कामा गुजरातको रोमाञ्चक जित

दिल्ली। आइपीएलको शुक्रबार सम्पन्न रोचक भिडन्तमा राहुल तेवतियाले अन्तिम ओभरमा २ छक्का प्रहार गर्दै गुजरात टाइटन्सलाई ६ विकेटको विजय दिलाए। पञ्जाब किङ्सविरूद्धको खेलमा अन्तिम ओभरमा गुजराजलाई १९ रन आवश्यक थियो। तेवतियाले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेपछि पञ्जाबले १९० रनको विजयी लक्ष्य पुरा गर्यो। 

हार्दिक पाण्ड्या १९ ओभरको पहिलो बलमा २७ रन बनाउँदै आउट भएपछि तेवतिया क्रिजमा प्रवेश गरेका थिए। उनलाई अर्को इण्डबाट डेभिड मिलरले साथ दिएका थिए। मिलरले तेस्रो बलमा चौका प्रहार गरे। अन्तिम दुई बलमा गुजरातलाई १२ रन आवश्यक थियो। तेवतियाले पाँचौ बल डिप मिडविकेटमा छक्का प्रहार गरे। छैटौं तथा अन्तिम बललाई पनि उनले डिप मिडविकेटको बाउन्ड्री लाइन नै कटाएका थिए। 

यसअघि यस्तो मौका सन् २०१६ मा जुरेको थियो। जब महेन्द्रसिंह धोनीले पुणे सुपरजाइन्ट्सका लागि अन्तिम २ बलमा २ छक्का प्रहार गर्दै पञ्जाबविरूद्ध जित दिलाएका थिए। 

यो सिजनमा तेवतियाले तेस्रो खेलमा गुजरातलाई दोस्रो पल्ट जित दिलाएका हुन्। लखनउविरूद्ध पनि उनले २४ बलमा अविजित ४० रन बनाए। पञ्जाबविरूद्ध उनले ३ बलमा अविजित १३ रन बनाए। 

यो सिजन गुजरातको तेस्रो खेलमा लगातार तेस्रो जित हो। अहिले यो टिम ६ अंकसँगै दोस्रो स्थानमा छ। गुजरातको जितमा शुभमन गिलले ९६ रन बनाए। यसअघि पञ्जाबले ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। पञ्जाबका लागि लियाम लिविङस्टोनले ६४ रन बनाए। शिखर धवन ३५ रन बनाएर आउट भए। 
 

प्रतिक्रिया