फिफा प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लियो

काठमाडौं– विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आफूमाथि लगाएको विश्वकप फुटबलको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ।

युक्रेनमाथि आक्रमण थालेपछि फिफाले रुसको राष्ट्रिय टोलीलाई विश्वकप फुटबलमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको थियो। फिफको उक्त निर्णयविरुद्ध फुटबल युनियन अफ रुसले फिफाको प्रतिबन्धविरुद्ध अपिल गरेको थियो।

तर, कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट (सीएएस) का अनुसार रुसले आफ्नो अपिल फिर्ता लिएको छ।

कतारमा हुने विश्वक फुटबलका लागि स्थान बनाउनका लागि रुस पोल्याण्डसँगको प्लेअफका लागि छनोट भएको छ। 

तर, पोल्याण्डले रुससँग खेल्न मानेको छैन। उसले स्वीडेनसँगको प्रतिस्पर्धाका लागि बाइ पाउनु पर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया