च्याम्पियन्स लिग : लिभरपुल र सिटीको सेमिफाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं– लिभरपुल र म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

अवे मैदानमा मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले बेन्फिकालाई ३–१ ले पराजित गरेको हो।

खेलको १७औं मिनेटमा लिभरपुलका लागि इब्राहिम कोनातेले गोल गरेका थिए। तर, ४९ औं मिनेटमा डर्विन नुनेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

यस्तै, ३४औं मिनेटमा साडिओ मानेले गोल गर्दै पुन लिभरपुललाईअग्रता दिलाए।

८७औं मिनेटमा लुइस डियाजले गर्दै लिभरपुललाई ३–१ को जित दिलाए।

मंगलबार राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडमाथि १–० को जित निकाल्दै म्यानचेस्टर सिटीले पनि सेमिफाइनल प्रवेशको सम्भावना बढाएको छ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि ७०औं मिनेटमा केविन डी ब्रूयनाले गोल गरेका थिए।

प्रतिक्रिया