बुचा नरसंहार

जर्मनीले निकाल्यो रुसका ४० कुटनीतिज्ञ

जर्मनी: युक्रेनको बुचा शहरमा नरसंहारको आरोप खेपिरहेको रुसका ४० कुटनीतिज्ञलाई आफ्नो देश छोड्न जर्मनीले आदेश दिएको छ। ‘बुचा नरसंहार’ को आरोपमा उसले जर्मनीका कुटनीतिज्ञलाई आफ्नो देश छोडेर जान आदेश दिएको हो।

जर्मनीका विदेश मन्त्री अनालेना बेयरबोकले यसको घोषणा गर्दै भने, ‘सरकारले निर्णय गरेको छ, रुसी दुतावासका धेरै कुटनीतिज्ञ, जो यहाँ बसेर हाम्रो स्वतन्त्रता र सामाजिक समानताविरूद्ध काम गरिरहेका छन्, उनीहरूलाई स्वागत गर्न सकिन्न।’ उनले जर्मनी सरकारको निर्णय सूचित गर्न रुसी राजदूत सर्गइ नेथायेवलाई विदेश मन्त्रालयले बोलाएको पनि जानकारी दिए। ‘यो फैसला अन्तर्गत जर्मनी छोड्नका लागि उनीहरूलाई पाँच दिनको समय दिइएको छ,’ उनले भने।

जर्मनीबाट निकालिएका सबै कुटनीतिज्ञ जासुसीको काममा तल्लीन रहेको बताइएको छ। रुसी सेनाले बुचामा सयौं सर्वसाधारण नागरिकको हत्या गरेको आरोप छ। तर, रुसले आफू माथि लागेको आरोपको खण्डन गर्दै आइरहेको छ। बुचाबाट प्राप्त स्तब्ध पार्ने तस्वीरका कारण पश्चिमा देशले रुसको तिखो आलोचना गरेका छन्। युक्रेनको राजधानी किभदेखि ३७ किलोमिटर टाढा बुचा शहरको सडकमा ठाउँठाउँमा मानिसहरूको क्षतविक्षत शरीर फेला परेको थियो। तस्वीर सार्वजनिक हुनुभन्दा एक दिनअघि जर्मनीले रुस माथि नयाँ प्रतिबन्ध लगाउने बताएको थियो।

जर्मनीका चान्सलर ओलाफ सोल्त्सले भनेका थिए, पश्चिमा देशहरू भविस्यमा रुस माथि नयाँ प्रतिबन्ध लगाउन सहमत हुनेछन्। बुचाको घटनालाई लिएर युरोप तथा अमेरिकाले तिखो प्रतिक्रिया दिएको थियो। अमेरिकी राष्ट्रपति जो वाइडेनले युद्ध अपराधको मुद्धामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कार्यवाही गर्नुपर्ने तथा रुस माथि कडा प्रतिबन्ध लगाउन माग राखेका छन्।

युरोपेली महासंघका प्रमुख उर्सला फोन डेय लायनले घटनाको जाचका लागि बुचा शहरमा एउटा छानवीन कमिटी पठाउने जानकारी दिए। युक्रेनले बुचा शहर वरिपरि ४ सय १० जनाको लास बरामद भएको बताएको थियो। बुचाका मेयर अनतोली फेदरुकले यो घटनामा २८० शवलाई सामुहिक गाडिएको बताएका छन्।

प्रतिक्रिया