आईपीएल : हैदराबादमाथि लखनऊको जित

काठमाडौं– लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदराबादमाथि १२ रनको जित हात पारेको छ।

जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो।

हैदराबादका राहुल त्रिपाठीले ३० बलमा सर्वाधिक ४४ रन बनाए। त्यस्तै, निकोलस पुरनले २४ बलमा ३४ रन जोडे।

लखनऊका तीव्र गतिका बलर आवेश खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए भने जेसन होल्डरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो।  लखनऊका लोकेश राहुलले ५० बलमा सर्वाधिक ६८ रन बनाए।

त्यस्तै, मध्यक्रमका दीपक हुडाले ३३ बलमा ५१ रन जोडे।  अन्य खेलाडीले खासै रन बनाउन सकेनन्।

हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए  भने टि नटराजनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। त्यस्तै,  रोमारियो शेफर्डले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए।

हैदराबाद पहिलो खेलमा राजस्थानसँग ६१ रनले पराजित भएको थियो। अब हैदराबादले शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ।

पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको लखनऊले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो। लखनऊले अब बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ।
 

प्रतिक्रिया