विश्व बैंकले अफगानिस्तानमा आफ्ना ६० करोड डलरका चारवटा परियोजना रोक्यो

काठमाडौं– विश्व बैंकले अफगानिस्तानमा आफ्ना ६० करोड डलरका चारवटा परियोजना रोकेको छ। 

तालिवान सरकारले घोषणा भए पनि छात्राहरूलाई माध्यमिक विद्यालय जान नदिएपछि बैंकले यो निर्णय लिएको हो। बैंकका यी चार परियोजना शिक्षा, स्वास्थ्य र कृषि सुधारसँग सम्बन्धित थिए।

बैंकले यसअघि संस्थाको सहयोगमा युवती र महिलाको सहभागिता सुनिश्चित गर्न र त्यसको फाइदा उठाउने बताएको थियो। गत हप्ता, तालिवानले आफ्नै निर्णय परिवर्तन गर्‍यो र छात्राहरूलाई माध्यमिक विद्यालयमा जान प्रतिबन्ध लगायो। 

छात्राहरूलाई केही महिनादेखि माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको छ। ती विद्यालय मार्चमा खोल्ने निर्णय भएको थियो। तर, त्यसो भएन। 

तालिवानले अब छात्राहरुको पोसाकमा निर्णय गरेपछि मात्र उनीहरुका लागि विद्यालय खोलिने बताएको छ। तालिवानले छात्राहरूलाई शरिया कानून र अफगान परम्परा अनुसार पहिरन लगाउनु पर्ने बताएको छ। तालिवानको यो निर्णयको अन्तर्राष्ट्रिय स्तरमा निकै आलोचना भएको थियो।

प्रतिक्रिया