दिनेश र रुबिका जिपी कोइराला प्रोफेशनल आईटीइफ च्याम्पियन

काठमाडौं । नेपाली सेनाका दिनेश बुढामगरले जीपी कोइराला प्रोफेसन आईटिएफ तेक्वान्दो च्याम्पियनसिप जितेका छन् । काठमाडौंको दशरथ रंगशालामा भएको च्याम्पियनसिपमा सेनाका बुढामगर पहिलो भएका हुन् ।

 त्यसैगरी नेपाली सेनाका खेलाडी प्रमोदकुमार साहु दोस्रो र सेनाकै खेलाडी प्रेम मगरले तेस्रो स्थान प्राप्त गरेका छन् । पहिलो हुने खेलाडीले अमेरिकी डलर ५०० र दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३०० र २०० डलर पुरस्कार प्राप्त गरेका छन् ।

महिलातर्फबाट पहिलो हुने रुबिका खड्का (बागमती प्रदेश), त्यसैगरी नेपाली सेनाका खेलाडी हिमा खड्काले दोस्रो र लुम्बिनी प्रदेशकी खेलाडी तेरिया सापकोटाले तेस्रो स्थान प्राप्त गरेका छन् ।

पहिलो हुने खेलाडीले अमेरिकी डलर ५०० र दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३०० र २०० डलर पुरस्कार प्राप्त गरे । समापन समारोहमा खानेपानीमन्त्री उमाकान्त चैधारीले  खेलाडीलाई पुरस्कार वितरण गरे । सो अवसरमा खेलाडी संगीना बैद्यका साथै खेलकुद परिषदका पदधाकारीहरुको उपस्थिति रहेको थियो ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस अवसरमा पारेर प्रतियोगिता आयोजना गरिएको थियो । जीपी कोइराला फाउन्डेसनको बागमती प्रदेश समितिको युवा तथा खेलकुद विभाग र नेपाल इन्टरनेशल तेक्वान्दो महासंघको सहकार्यमा प्रतियोगिता सञ्चालन गरेको कार्यक्रम संयोजक तुलसी थापा मगरले जानकारी दिइन् ।

चैन ५ र ६ गते सञ्चालन भएको प्रतियोगितामा ७ प्रदेश, २ विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलका क्रमशः ३÷३ जना महिला/पुरुषसहित ५४ खेलाडीले सहभागिता जनाएका थिए ।
 

प्रतिक्रिया