नेपाल भारतसँग ७-० गोलले पराजित

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको पहिलो खेलमा नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोरेको छ ।

भारतको जमसेदपुरमा मङ्गलवार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलले पराजित भएको हो । पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा अरू चार गोल थपेको हो । 

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् । अब नेपालले दोस्रो खेलमा पर्सि बिहीवात बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया