'गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ'

विराटनगर । नेपाली कांगेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यकता भएको प्रष्ट पारे ।

उनले  गठबन्धन दलहरुको सुझबुझअनुसार मूलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसीसी संसद्बाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

उनले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए । गच्छदारले एमसीसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्याएको धारणा व्यक्त गरे । 
 

प्रतिक्रिया