पाटन प्रिमियर लिगमा तीन टोली सेमिफाइनलमा

बैतडी । बैतडीको पाटनमा जारी पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो बुधबार लाग्ने स्कोरर किरन चन्द जानकारी दिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा श्रीकृष्ण माविको खेलमैदानमा यही फागुन १३ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको छ । पन्ध्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल फागुन २० गते हुनेछ ।

विजेताले ५५ हजार ५५५ र उपविजेताले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार ३३३, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान एक हजार १११ प्रदान गरिने छ ।


 

प्रतिक्रिया