'नेपाली जनताले स्वतन्त्ररुपमा विकासका योजनाहरु रोज्न पाउनुपर्छ'

काठमाडौं । चीनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे उपहार हो कि के हो भन्दै फेरि प्रश्न गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले एकातिर उपहार पनि भन्ने तर अल्टिमेटम पनि दिने भन्ने विषयले चीन आश्चर्यमा परेको बताएकी हुन् ।

उनले अमेरिकी अधिकारीहरुले एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा असर पर्ने भन्ने दिएको अभिव्यक्तिले पनि यो उपहार हो कि प्यान्डोराजबक्स हो बुझ्न नसकेको बताइन् ।

उनले भनिन्, ‘एमसीसी सम्झौतालाई उपहार भनेको छ। तर यो उपहार लिन अल्टिमेटम आवश्यक पर्छ र ?’ उनले अन्तर्राष्ट्रिय सहयोग लिँदा पारस्परिक सम्बन्ध र सार्वभौम सत्ता र त्यहाँको जनताको सम्मान गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘उपहारमा कसरी अल्टिमेटमको पोका आउन थाल्यो। त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपालीले भन्ने हुन् कि भन्ने डर छ ।’ उनले नेपाली जनताले स्वतन्त्ररुपमा विकासका योजनाहरु रोज्न पाउनुपर्ने बताइन् ।


 

प्रतिक्रिया