स्वास्थ्यचौकी भवन निर्माण

मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ ।कूल रु दुई करोड ५९ लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताउनुभयो । अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही नगरपालिकाको वडा नं ५ स्थित १० शैययाको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यावसायीसँग रु नौ करोड ९९ लाख ३६ हजारको लागतमा सम्झौता भई निर्माण कार्य सुरु गरिएको जनाइएको छ । यसैगरी कृषिउपजलाई बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नं ४ स्थित कृषि हाटबजार निर्माणको अन्तिम चरणमा पुगेको छ । सो कार्यका लागि रु तीन करोड २० लाख १६ हजार लागतमा ठेक्का भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक रहेको यो नगरपालिकामा कृषकका तरकारी बजारसम्म पु¥याएर उपभोक्तामाझसम्म लैजान सुविधा हुने नगरपालिकाका प्रमुख शङ्कर राईले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि हालसम्म २० दशमलव ९३ किमी बाटो नयाँ ट्रयाक निर्माण, ३९ दशमलव ५२ किमी बाटोमा ग्राभेल र १६ दशमलव नौ किमी बाटोमा कालोपत्र, तीन वटा सामुदायिक भवन निर्माण र एक दशमलव पाँच किमी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको पनि प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नं ७ लाई नगरपालिकासँग जोड्ने भुवाखोलामा पक्की पुल निर्माणका लागि रु पाँच करोड ५१ लाख ठेक्का संझौता गरिएको र आगामी जेठ महिनामा निर्माण सम्पन्न भई हस्तान्तरण हुने अवस्थामा रहेको छ ।

प्रतिक्रिया