१,३६९ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं । नेपालमा थप १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७१४७५ पुगेको छ । त्यस्तै २२३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९३०६०७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८६४ पुगेको छ । क्वारेन्टाइनमा १३३ जना छन् भने आइसोलेसनमा २९००४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
273336532_253954420245854_4108983761598299295_n

प्रतिक्रिया