एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तीमा पनि एकसय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्नेबारे जानकारी गराएका थिए । एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यसका लागि शनिबार देशभर प्रतिनिधि चयन हुँदैछ ।

प्रतिक्रिया