राप्रपाले विधानबाट 'सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र'लाई नहटाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावनाविपरीत भएको ठहर गरेको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो ।

राप्रपाले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समय निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

उनले यसअघि तीनै तहको निर्वाचनमा यही विधान अनुसार प्रतिस्पर्धा गरेर निर्वाचित भइसकेको अवस्थामा अहिले आएको आयोगको निर्देशन स्वीकार्न नसकिने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा नम्बर ४ मा उल्लेखित 'सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ को मान्यता अभिवद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले त्यो वाक्यांश हटाई संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनेर पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ। ’

272426486_4396584330446113_4992745090309369239_n

प्रतिक्रिया