नयाँबजारबाट गुणस्तरहीन सात हजार किलो मह बरामद

काठमाडौं । अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँबजारबाट स्पर्श हनी नामक ब्रान्डका सञ्चालक नरेश श्रेष्ठलाई पक्राउ गरेको हो । महमा अखाद्य वस्तु मिसावट गरेको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो ।

परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् । प्रहरीले सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ । त्यसमा सोडालगायत वस्तु मिसाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मह प्रतिकिलो ६ सय ५० रुपैयाँमा बिक्री गरिँदै आएको थियो ।

272292914_4761971437242965_6532259808778455614_n

272327277_4761971947242914_5088708005509503290_n

   272203872_4761971577242951_6459932391631891556_n

प्रतिक्रिया