'संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै नगरेको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत महामन्त्री थापाले असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन । अतःनिर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रष्ट छ–असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।’

 

प्रतिक्रिया