काठमाडौंमा बुस्टर डोज लगाउन सुरु

काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिडविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको हो । कोभिडविरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ ।

बुस्टर डोज लगाउनका लागि यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ । यो खोप सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोत्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाइँदैछ ।

त्यसैगरी छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल मिनभवन, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि खोप लगाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया