४९६१ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ३३४७ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया