'लिपुलेकमा अविलम्ब सडक विस्तारको काम रोकियोस्'

काठमाडौं । नेपाली कांग्रेसले सहमति विपरीत भारतले लिपुलेकमा सडक गरिरहेको भन्दै  अविलम्ब रोक्न माग गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर रहेको भन्दै अविलम्ब काम रोक्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।’
271811710_487310199423239_7767272459495404147_n

प्रतिक्रिया