३०७५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाको पीसीआर तथा एन्टिजेजन परीक्षण गर्दा ३०७५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये १५३८ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना संक्रमणमुक्त भएका छन् । आइसोलेसनमा ११६९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया