नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको। दाबी गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै एन्फाले नेपाल र हङकङबीचको खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति पत्र प्राप्त नभएको दाबी गरेको हो । एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले स्वीकृति प्राप्तिका लागि राखेपका सम्बन्धित अधिकारीहरूसँग ताकेता गर्दा पनि कुनै लिखित जवाफ नआएको स्पष्ट पारेको छ ।

एन्फाले आइतबर कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिदिएको जनाएको छ । एन्फाले खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति आश्चर्य व्यक्त गरेको छ । चैत ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै राखेपको नियतमाथि प्रश्न उठाएको छ । राखेपजस्तो निकायले एन्फामाथि दोषारोपण गर्नुको सट्टा आफ्नो प्रशासन चुस्त–दुरुस्त राखी, यस्तो गलत नियत राख्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न एन्फाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया