एकीकरणका नायक र योध्दाहरुमा श्रद्धाञ्जली 

आज पौष २७, राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३००आंै जन्मजयन्तिको पावन अवसरमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

श्री ५ वडामहाराजा पृथ्वीनारायण शाहले उहाँको नेतृत्वमा वडा दुख कष्टले हाम्रा पितामह पर पितामहरुको साथ र सरसहयोग, श्रोत साधन, युक्ति तथा वुद्धिले आर्जिएको नेपाल चार वर्ण, १२५ जातजाति, १२२ भाषाभाषीको साझा स्थल नेपाल रहेको हो । हामीहरु नै  यो साझा फूलबारीका साझा हकदार हौं । विगतमा हाम्रा नानी वावुहरुले २०५२ साल पछिको सशस्त्र द्वन्दले यो इतिहास पढ्न, अध्ययन गर्नबाट वञ्चित रहेको भन्नेपनि जानकारी गराउँदछु । 

यस महाअभियानमा साथ दिने सरदार अम्मर सिंह थापा, वीर काजी कालु पाण्डे, सरदार रामकृष्ण कुँवर, काजी अभिमान सिंह वस्न्यात, सरदार वलि वानियाँ, काजी दामोदर पाण्डे, काजी वंशराज पाण्डे, काजी सुरथ सिंह राना, सरदार पारथ भण्डारी, सरदार परवल राना, कुलानन्द ढकाल जैशी, काजी स्वरुपसिंह कार्की, नेवार काजी सिख्वाल प्रधान, धनवन्त काजी, मधेसका चौधरी खवास काजी थारुहरु, र पहाड पल्लो किराँतका लिम्वु कुल भाईहरुमा राई जसमुखि, आशदल, कर्णवाज,  रयनमुखि, गुरुङ्ग सरदार झागल गुरुङ्ग, शिकारी सरदार वंशु गुरुङ्ग, कमाण्डर फुर्वा आले समेत लगायत सवैका, पूर्खाहरुमा पनि हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । 

माता कौशल्यावती तथा चन्द्र प्रभावतीहरु जसले उहाँलाई जन्म दिई शिक्षा दीक्षा दिने र सुयोग्य वनाएर राष्ट्र सेवामा लगाउने काम गर्नु भयो, उहाँहरुमा पनि हार्दिक श्रद्धाञ्जली अर्पण गरी स्मरण गर्न चाहन्छु । जो जसले यो देश एकीकृत, सुन्दर, शान्त, विशाल वनाउनकालागि आफ्नो जीवन तन, मन र धनको वलिदान गरेका थिए । 

उहाँहरुको इतिहास, विराशत, मेटेर त्यसमा विदेशी खासगरी भारतीय तावेदारीगरी उनीहरुको इसारामा नेपालको शासनमा गिद्धे दृष्टि राखि, नारायणहिटी, पशुपति नाथ, मुक्ति नाथ कब्जा गर्ने, लिपुलेक काला पानीको ८२ वर्ग किलोमिटरको नेपाली भाग हडपेर राख्ने, नेपालको नदी तथा खानीहरुको उपरमा गिद्धे दृष्टि लगाउनेहरु, तिनका अरौटे, भरौटे तथा तावेदारी गर्ने गद्धार भ्रष्टाचारी, राष्ट्रघातिहरुबाट सधैं होशियार रहन पनि सवैमा हार्दिक आह्वान गर्दछु ।  (प्रा.डा. खत्री वरिष्ठ अधिवक्ता पनि हुन्)

प्रतिक्रिया