पैपिल्डेमा रोगको उपचार विभिन्न सुक्ष्मदर्शक यन्त्रबाट हेरीने गरिन्छ । दृश्यहरुको प्रष्ट जाँच विरामीलाई एआईको माध्यमबाट हुने निष्कर्ष निकालिएको छ ।
यद्यपी सुक्ष्म अध्ययनहरु लागि चाहिने श्रोत तथा पठनिय सामग्रीको भने अभाव नै छ । अध्ययनमा विभिन्न उमेर समूह तथा लिङ्गका आधारमा विभिन्न जनसांख्यिकीय डाटाहरुबाट चिकित्सा विज्ञानको श्रोत केलाइएको थियो । पैपिल्डेमा भनेको आँखाका अप्टिक डिस्कहरुमा र मष्तिस्कका रक्तचापमा हुने कमजोरीहरुलाई बुझिन्छ ।
यस प्रकारको विकारको कारण मष्तिस्कघात हुने, मनोवैज्ञानिक रोग हुने, उच्च रक्तचाप हुने तथा सम्पूर्ण स्नायु प्रणाली घातक हुने बताइन्छ । मस्तिष्क र मेरुदण्डको तरल पदार्थको कमीले दृश्यावलोकनमा वाधा हुने गर्छ । पैपिल्डेमा हुने विरामीमा टाउको अत्यधिक दुख्ने समस्या हुने गर्दछ ।
मधुरो दृश्य देखिने, कालो धब्बा देखिने समस्या हुने गर्दछ । दृश्य हेर्ने समयमा दोब्वर दृश्य देखिने संकेत, एब्डुसिन नसाका विकार, अवचेतन आवाजका संकेत र स्नायु प्रभावित हुन्छन् । दृश्यावलोकनमा समस्या आए नजिकका स्वास्थ्य चिकित्सककोमा जान सल्लाह दिईएको छ । विरामीलाई खाने नून कम गर्न सुझाव दिइन्छ भने वजन घटाउन पनि जरुरी छ ।
रोगको चरणहरु बढ्न गएमा व्रेन ट्युमर पनि हुन सक्ने जनाईएको छ । रोगको प्रारम्भिकतामा उपचार गर्न सहज हुन्छ भने दीर्घकालीन समयमा घातक हुने चिकित्सकहरु बताउँछन् । रोगको प्रत्यक्ष भार निम्न तथा मध्यम आम्दानी भएका मानिसमा पर्ने गरेको अनुसन्धानहरुले खुलेको छ । आँखामा रहेको पुतलीमा देखा पर्ने विकार, दोब्वर दृश्वावलोकन, टाउको दुखाई, जन्मजात देखिने विलक्षणता, ट्युमरहरुको असर माथि अनुसन्धान गर्नुपर्छ ।
त्यसो भए एआई को परिक्षण भनेको चैं के हो त रु विभिन्न सुक्ष्मदर्शक यन्त्रबाट अप्टिक डिस्क, आँखाको जाली, रगतका रक्तकोशिकाहरु जाँच्ने प्रक्रियालाई बुझिन्छ । यसरी अंगहरु जाँच गर्दा देखिने चित्रहरु एआईको माध्यमबाट अझ प्रष्ट रुपमा संकेत मिल्ने भन्ने हो ।
रोगको सतही उपचारले मानिसको स्वास्थ्यमा देखिने हानी नोक्सानी कम हुने गर्दछ । ओप्थाल्मिक सुक्ष्मदर्शक यन्त्रबाट आँखाको झिल्लीको र आँखाको पुतली फुलाउने औषधीको माध्यमबाट उपचार विधिको शुरुवात गरिन्छ । एआईको माध्यमबाट गरिने खर्चको कम महशुल पर्छ ।
यस प्रकारको मोडल अमेरिकाको खाद्य तथा औषधी प्रशासन, युरोपियन अनुरुपता, औषधि तथा स्वास्थ्य परिचालन एजेन्सी र बेलायतमा प्रयोगमा ल्याएको पाइयो । (स्रोतः जर्नल डट प्लस डट अर्ग)
प्रतिक्रिया