दृष्टिविहीन महिला टोलीको गुनासो : राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफि ल्याउन सकेनौं

काठमाडौं । दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् ।  फाइनल खेलमा भारतसँग पराजित भएको टोली सोमबार स्वदेश फिर्ता भएको हो । 

सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान गीता पौडेलले राष्ट्रबाट पाउनुपर्ने सहयोग नपाएर सिमित स्रोत र साधनकाबीच खेल खेल्नुपर्दा विजेता बन्न नसकेको गुनासो गरिन् । उनले भनिन्,‘हाम्रो जति स्रोत साधन थियो, त्यस अनुसार क्षमताले भ्याएसम्म खेलेका हौं । तर हामीलाई अझै धेरै कुराको अभाव छ । त्यही अभावका बाबजुत उपविजेता बन्नु गौरवको कुरा हो । तर राष्ट्रबाट पाउनुपर्ने सहयोग पाएको भए सान अझै बढ्थ्यो होला । पहिलो ट्रफि नै लिएर आउथ्यौं होला ।’

समयमा नै अभ्यासको लागि मैदान अभाव हुँदा २०–२२ दिनको अभ्यासले यहाँसम्म पुग्नु नै ठूलो कुरा भएको धारणा राखिन् । आइतबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।
 

प्रतिक्रिया