काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।
बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको २३४ रनको लक्ष्य पच्छाएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गर्यो । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए भने अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । आजको खेलमा रोहितले १३० बलमा १०९ रन बनाए भने आसिफ शेखले ३५, यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले हार व्यहोर्न परेको थियो ।
प्रतिक्रिया