काठमाडौँ । आईसीसी विश्वकप लिग–२ सिरिजमा नेपालीले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । बिहीबार दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा कप्तान रोहित कुमार पौडेलको शतकीय इनिङको मदतमा नेपालले यूएईलाई सो लक्ष्य दिएको हो । लिग–२ शृङ्खलामा नेपाल र आयोजक युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।
प्रतिक्रिया