५७२ जनामा कोरोना संक्रमण, २६२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५७२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८३१०५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१३७०९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ११३ जना छन् भने आइसोलेसनमा ५७४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

271491044_232087785765851_4536761567700555910_n

प्रतिक्रिया