३७० जनामा कोरोना संक्रमण, २३९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८३०००२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१३१७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ५२२५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

271234799_230899332551363_2841300388252166318_n


 

प्रतिक्रिया