सावित्राको कप्तानीमा एसियन कप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् । नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे ।

जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । साथै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । 

 

प्रतिक्रिया