कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, २०९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२८९८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१२४१९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५९६ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ४९७१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया