सज्जनहरू हो, यदि तिमीहरूले अहिलेसम्म संसारमा दुःख बाहेक सुख छँदैछैन र हामीले यस्तै दुःखमय खसेको अवस्थामा नै रहनु छ भन्ने सोचेका छौ भने आजैदेखि तिमीहरू आपनो मनबाट यो दूषित भाव निकालिदेओ ।
अहिलेसम्म जो भयो सो भयो, तर पछिका लागि यो विचार गर यो संसार सुखमय छ, मेरो दिनोंदिन उन्नति भइरहेछ, म जे चाहूँ सोही गर्न सवछु, ममा परमात्माको अंश छ । यस्तो दृढ विचार मनमा गर र नराम्रा विचारहरूलाई एक सेकेण्ड पनि मनमा रहन नदेउ । यसबाट तत्क्षण तिमीमा नयाँ बल, नयाँ उत्साह, नयाँ शक्ति र उत्तम भाव उत्पन्न हुनेछन् । विचार तिम्रै अधीन छ । तिम्रो तुच्छ सेवक हो ।
जो तिमी आज्ञा दिन्छौ, उसले अवश्य गर्नु पर्नेछ । यदि तिम्रो संसर्ग नराम्रो वस्तुहरूसँग भयो भने उसबाट नराम्रो फल होला किनकि विचारका कम्पन केवल तिमीमा नै रहिरहँदैनन् । ती फैलेर तिम्रा विचार अनुसार अन्य वस्तुहरूमाथि पनि प्रभाव पार्दछन् र तिम्रा संसर्ग तीसँग गराइदिन्छन् ।
त्यसैले तिमीलाई दुःखहरूको सामना गर्नु पर्दछ वा तिमी स्वयं यस्तो कुरा गरिदिन्छौ जसबाट तिमीलाई हानि हुन्छ । कारण यो हो कि त्यस विचारको प्रभाव तिम्रा अंगप्रत्यंगमा व्याप्त हुन जान्छ । यसैले तिमी उसैका अनुकूल कार्य गर्न लाग्छौ । शास्त्रहरूमा यो कुरा भनिएको छ कि संसारमा जति जीव छन् ती सबै परमात्माका अंश हुन् र मानिस ती सबैमा श्रेष्ठ हो, मानिसलाई ईश्वरीय अंश मान्नुको कारण यही हो कि उ त्यसै वृक्षको बीज हो, जसको प्रथम बीज ईश्वर हो। यसैले उसमा ती सब गुण विद्यमान छन् जो परब्रह्म परमात्माका हुन् ।
विचार विज्ञानबाट
प्रतिक्रिया