कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २७२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२६४२३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०९६५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११५७९ पुगेको छ । क्वारेन्टाइनमा १०७ जना छन् भने आइसोलेसनमा ५१८५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया