मिडियासँग किन तर्किन्छन् शाहरुख ?

काठमाडौँ। बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रुपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कदै हिँडिरहेका छन्। उनी मिडिया अगाडि देखिँदा पनि मास्क, छाता र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन्।

मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? बलिउडमा अहिले चासोको विषय बनेको छ। छोरा आर्यन खान लागुऔषध मामलामा पक्राउ परे लगत्तै मिडियामा उनको विषयमा समाचार निरन्तर आएपछि शाहरुखको मिडियाप्रति हेर्ने दृष्टिकोण फेरिएको छ। उनी मिडियासँग निकै रिसाएका छन्।

सन् २०२१ मा लागुऔषध मामलामा आर्यन पक्राउ परेपछि शाहरुख विशेषत पापराजीलाई वेवास्ता गर्दै आएका छन्। हालैमात्र मुम्बईका फोटोग्राफर बरिन्दर चावलाले एक घटनामा आफूलाई ‘पठान’ अभिनेता शाहरुखले फोन गरेको स्मरण गरे।

सन् २०२३ मा ‘पठान’ रिलिज भएपछि बरिन्दरको टिमले शाहरुखलाई भेटेको थियो। शाहरुखलाई भेट्दा शाहरुखले आफ्नो गोपनियतामा हस्तक्षेप भएको महशुस गरेका थिए। “त्यसपछि शाहरुख रिसाएर उनको पीआरलाई फोन गरे । उनले पीआरलाई मेरो टिमले खिचेको भिडियो प्रयोग नगर्न भने । त्यसपछि मेरो टिमले शाहरुखको गोपनियतामा हस्तक्षेप गरेकोमा उनीसँग माफी मागें”, उनले भनेका छन्।

त्यसपछि शाहरुखको मेनेजरले बरिन्दरलाई फोन गरेर शाहरुखले उनीसँग कुरा गर्न चाहेको बताएका थिए। बरिन्दरसँग शाहरुखले ५ मिनेट कुरा गरेपछि आर्यनसँग शाहरुखको कति प्रेम छ भन्ने महशुस गरे। “शाहरुखको छोराका विषयमा कसैले नकारात्मक कुरा गरे भने शाहरुख दुःखी हुन्छन्। छोराका लागि मिडियाले गरेको कामप्रति शाहरुख पागल भएका छन्”, बरिन्दरले भनेका छन्।

आर्यन जेलमा रहँदा शाहरुख उनलाई भेट्न गएका थिए। त्यो समयमा जेल बाहिर फोटोग्राफरको भीड लागेको थियो। यो घटनापछि शाहरुख मास्क लगाएर, छाता ओढेर आफ्नो अनुहार मिडियामा नदेखाउने गरी हिड्न थालेका छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया