रजनीकान्तको बायोपिक बनाउँदै साजिद

काठमाडौँ। सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बन्ने भएको छ।

बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन्। जसका लागि उनले रजनीकान्तसँग सम्झौता गरेर बायोपिकको अधिकार आफूले लिइसकेका छन्।

साजिद निकट स्रोतका अनुसार उनी रजनीकान्तका ठूलो फ्यान हुन्। ‘धेरै कमलाई मात्र थाहा छ कि साजिद रजनीकान्तको अभिनयको ठूलो फ्यान मात्र होइनन्, रजनीकान्तको व्यक्तित्वको पनि फ्यान हुन्। उनको बुझाईमा रजनीकान्तको बस कन्डक्टरदेखि सुपरस्टारसम्मको यात्राको कथा विश्वले हेर्न लायक छ। साजिदले अहिले आफैं स्क्रिप्ट हेरिरहेका छन् र फिल्मका लागि दर्शक कसरी ल्याउने भन्ने तयारी पनि गरिरहेका छन्’, स्रोतले भनेको छ।

साजिद फिल्मका लागि केही महिना यता रजनीकान्त र उनको परिवारको अनुमति लिनका प्रयासरत थिए। बायोपिकको काम सन् २०२५ बाट सुरु हुनेछ। फिल्मको स्क्रिप्ट फाइनल भइसकेपछि कास्टिङको काम सुरु हुनेछ।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया