गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । पार्टीको १४ महाधिवेशनबाट थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले ३०२३ मत ल्याएका छन् भने शर्मााले १९८४ मत प्राप्त गरेका छन् । प्रकाशशरण महत १५५६,प्रदीप पौडेल १३९३ , मिनेन्द्र रिजाल ८०९ र राजाराम कार्कीले १०६ मत गरेका काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ । जित सुनिश्चित भएपछि शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो जित सिंगै कांग्रेस रूपान्तरण अभियानको प्रारम्भ भएको बताए । उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए ।

प्रतिक्रिया