एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं । ओमानमा आजदेखि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताका लागि नेपालले भारतको गुजरातमा अभ्यास गरेर ओमान पुगेको हो । 

टी २० फर्म्याटमा हुने प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे नेपालले मलेसियासँग खेल्दै प्रिमियर कपको यात्रा सुरु गर्ने छ । प्रिमियर कपमा सहभागि ८ एसोसियट्स र एसीसी च्यालेन्जकपको फाइनलमा पुगेका २ गरी १० देशले प्रतिस्पर्धा गर्दै छन् । 

एशोसिएट्सबाट नेपालसहित ओमान, हङकङ, युएई, कतार, बहराइन, कुवेत र मलेसिया रहेका छन् । यसैगरी एसीसी च्यालेन्ज कपको फाइनल पुगेका साउदी अरेबिया र कम्बोडियाले पनि प्रतिस्पर्धा गर्ने छन् । 

प्रिमियर कपको विजेताले २०२५ मा हुने एसियाकप खेल्न पाउने छ । १० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।  नेपालको समूहमा मलेसियासहित कतार, हङकङ र साउदी अरेविया रहेका छन् ।

नेपालले शनिबार कतारसँग खेल्दा सोमबार हङकङसँग खेल्ने छ । त्यसैगरी बुधबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्ने छ । शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् ।  
 

प्रतिक्रिया