‘मिस्टर इण्डिया २’ को तयारीमा बोनी

मुम्बई। सन् १९८७ मा रिलिज अनिल कपूर र श्रीदेवीको ब्लकबकस्टर फिल्म ‘मिस्टर इण्डिया’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्माता बोनी कपूरले ‘मिस्टर इण्डिया २’को सिक्वेल निर्माणको संकेत दिएका छन्।

उनले एक अन्तरवार्तामा फिल्मको सिक्वेलसँगै कलाकारको बारेमा पनि कुराकानी गरेका छन्। “मिस्टर इण्डिया आउने पक्का हो। यो समयमा नै आउनेछ। मैले हालै फरेन स्टुडियो, वेस्टर्न स्टुडियोलाई ‘मिस्टर इण्डिया २’को प्रस्ताव गरेको छु। हुनसक्छ, ‘मिस्टर इण्डिया २’ बोनी कपूर, जी र वेस्टर्न स्टुडियोको सहयोगले बन्न सक्छ। अहिले सुरुवाती अवस्थामा छौं। त्यसकारण विस्तारै सबै कुरा बाहिर आउँदै जानेछन्”, उनले भनेका छन्।

शेखर कपूरको निर्देशन र बोनी कपूरको निर्माण रहेको फिल्म ‘मिस्टर इण्डिया’मा अनिल कपूर, श्रीदेवी र सतीश कौशिक प्रमुख भूमिकामा थिए। फिल्ममा अमरीश पुरी भिलेन थिए। (नेपाल न्यूज बैंक)   

प्रतिक्रिया