निश्चल र गरिमाको डेब्यु फिल्म ‘लन्डन टु पेरिस’ जेठ २५ मा

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्काको अभिनय रहेको फिल्म ‘लन्डन टु पेरिस’ आगामी वर्ष अर्थात २०८१ जेठ २५ गते रिलिज हुने भएको छ। निर्माण पक्षले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।

पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन्। फिल्ममा साम्राज्ञी र निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको अभिनय छ। फिल्मबाट निश्चल र गरिमाले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्।

ट्राभल लभस्टोरी जनराको फिल्ममा घनश्याम लामिछानेको निर्देशन छ। सनिश खकुरेल सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया