नेपाल हङकङसँग ७३ रनले पराजित

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।

हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । 
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । 

त्यस्तै, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए । 

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए । त्यस्तै।, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक–एक विकेट लिए ।
 

प्रतिक्रिया