झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

काठमाडौं । झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । 
विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।  

यसअघि हिजो भएको खेलमा चार पटकको झापा गोल्ड कपको उपाधि विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० विभिन्न टिमले सहभागिता जनाएका थिए । फाइनल खेलको विजेताले नगद १३ लाखसहित ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।
 

प्रतिक्रिया