नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ८५ रनको लक्ष्य

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु ८ विकेट गुमाएर १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टर जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए । 
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे । ३७ बलको सामना गरेका ओपनर शेखले ३ छक्का र १ चौकाको मद्दतमा ४७ रनको पारि खेले । 

यस्तै नेपालका लागि अर्का व्याट्सम्यान गुल्सन झाले ३४ रन जोडे  । २४ बलको सामना गरेका झालाई फ्रेड काल्सनले क्याच आउट गराए । यस्तै, १९ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले २५ रन बनाउँदा उनलाई लेभिटले आउट गराए । 

यस्तै तेस्रो विकेटमा माइकल लेभिटले आफ्नो दोस्रो विकेटको रुपमा १३ औं ओभरको चौथो बलमा आसिफ शेखलाई बोल्ड आउट गरे । यसअघि २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे । 

यस्तै तेस्रो विकेटमा माइकल लेभिटले आफ्नो दोस्रो विकेटको रुपमा १३ औं ओभरको चौथो बलमा आशिफ शेखलाई बोल्ड आउट गरे । ३७ बलको सामना गरेका ओपनर शेखले ३ छक्का र १ चौकाको मद्दतमा ४७ रनको पारि खेले । लगत्तै आएका दिपेन्द्र सिंह ऐरीलाई टिम विदी गुटेनले चौधौं ओभरमा १ रनमै आउट गराए । 

१६ औं ओभर नेपालका लागि निकै महत्वपूर्ण सावित भयो । कुशल मल्लले व्याक टु व्याक १६ औं ओभरमा ३ छक्का प्रहार गरे । उक्त ओभरमा मल्लले २१ रन बटुलेर खेललाई लयमा फार्काए । तर, १७ ओभरको पहिलो बालमै मल्ल क्याच आउट भए । १० बलको सामना गरेका मल्लले २६ रन बनाएर बाहिरिए । 
यस्तै करण केसीले पनि ९ रन मात्रै बनाएर पोभिलिएन फर्किए । उनी आउट हुँदा नेपालले १६८ रनमा मा ६ विकेट गुमाएको थियो । केही टिकेर खेलेका गुल्सन झालाई पनि फ्रेड काल्सनले क्याच आउट गराए । २४ बलको सामना गरेका झाले ३४ रन जोडे । व्यक टु व्याक विकेट गुमाएको नेपालको लागि १८ र १९ औं ओभर अनलक्कि सावित भयो। १९ औं ओभरमा पहिलो बलको सामना गर्न आएका आरिफ शेखलाई पनि काल्सनले ० रनमै आउट गराए । त्यसपछि आएका दिपेन्द्र सिंह ऐरि पनि टिक्न सकेनन् । 

नेदरल्यास्का लागि फ्रेड क्लासिन, मिचेइल लेभिट, टिम भान डर गुटेन,र साइब्रान्डले समान दुई दुई विकेट लिए ।   
 

प्रतिक्रिया