नामिबियासँग दुई विकेटले हार्यो नेपाल

काठमाडौँ। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाकोआफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ। 

टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो। नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
नामिबियाका लागि कप्तान जेर्हार्ड इरासमसले ५२ रनको योगदान दिए। त्यस्तै, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए।
 
नेपालका लागि कुशल भुर्तेलले तीन तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेल हारेको हो। 

नेपालले शृंखलाको आफ्नो अनि्तम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो। नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए। (नेपाल न्युज बैंक) 

प्रतिक्रिया