२५ वर्षपछि ब्रह्मानन्दमको बलिउड कमब्याक

मुम्बई। टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमव्याक गर्ने भएका छन्। 

हालै उनले लामो समयपछि टलिउडमा पनि कमव्याक गरेका थिए। उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमव्याक गरेका थिए।

ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमव्याक गर्न लागेका हुन्। यो फिल्ममा गुरु नै ‘हिरो’का रुपमा डेब्यू गर्दैछन्। फिल्ममा सई मान्जरेकर अभिनेत्रीका रुपमा हुनेछिन्। उनलाई ‘मेजर’ र ‘स्कन्द’ जस्ता फिल्मका लागि दर्शकले चिन्दछन्।

फिल्ममा जी अशोकको निर्देशन रहनेछ। फिल्ममा ब्रह्मानन्दनको भूमिका कस्तो हुनेछ भन्ने हालसम्म केही खुलेको छैन। फिल्म फेब्रुअरी १६ मा रिलिज हुँदैछ। ब्रह्मानन्दले अमिताभ बच्चन अभिनित फिल्म ‘सूर्यवंशम’मार्फत बलिउडमा डेब्यू गरेका थिए।

उनलाई साउथका सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ र राम चरणको फिल्म ‘गेम चेञ्जर’को पनि प्रस्ताव आएको छ। ब्रह्मानन्दमको तेलुगू फिल्ममा ठूलो योगदान छ। उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन्। 

उनले सयौं फिल्ममा आफ्नो कमेडी अभिनय देखाइसकेका छन्। आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ। उनको पारिश्रमिक अन्य कमेडीयनको भन्दा उच्च छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया